सहमतिमै नेतृत्व सवै पत्रकार संगठनको जोड

Posted on: 08 Feb, 2017

पर्वत । आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको अधिवेशन नजिकिसँगै पत्रकारहरुको कुश्मा बजारमा चहलपहल शुरु भएको छ । पत्रकार महासंघ पर्वतको आगामी नेतृत्व कसको हातमा जाने भन्ने विषयले यतिबेला जिल्लालाई तताएको छ ।

कसको हातमा अबको नेतृत्व जान्छ भन्ने विषयले जिल्लाको माहोल तातेको बेलामा ४ संगठनले सहमतिय आधारमा महासंघको नेतृत्व चयन हुनुपर्ने भन्दै सहमतियको आधार तयार बनाउनको लागि सहमति भएका छन् । प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, संगठन र प्रेस सोसाइटीको संयुक्त भेलाले सहमतिय आधारमा नेतृत्व चयन हुनुपर्नेमा सहमति जुटाउनको लागि एक्केबद्धता जनाएका छन् ।

प्रेस युनियन पर्वतले सहमतिय आधारमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिएको छ । प्रेस युनियनको भेलाले महासंघको आगामी नेतृत्व सहमतिय आधारमा हुनुपर्नेमा जोड दिएको युनियनका अध्यक्ष छविलाल तिवारीले बताए । उनले महासंघको नेतृत्वको लागि आफ्नो संगठनबाट कसको नेतृत्वमा जाने भन्ने विषयमा छलफल नभएता पनि सहमतिय आधारमै नेतृत्व चयन हुनुपर्नेमा आफूहरु रहेको बताए ।

पत्रकार महासंघको नेतृत्वको लागि प्रेस चौतारी पर्वतले सन्तोष थापाको नेतृत्वमा महासंघमा जाने तयारी गरेको चौतारीका अध्यक्ष लक्ष्मण सापकोटाले बताए । उनले सहमति आधारमानै महासंघको नेतृत्व चयन हुनुपर्नेमा चौतारी रहेको बताए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!