बिदेशी विज्ञापन नेपालमा बन्द गराउने नीति कार्यान्वयनबारे छलफल

Posted on: 08 Feb, 2017

माघ २६, काठमाडौँ | सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको उपस्थितिमा विज्ञापनरहित नीति, २०७३ कार्यान्वयन सम्वन्धमा सूचना तथा सञ्चार मन्त्रालयमा आज छलफल भएको छ । 

नेपालमा हेरिने बिदेशी टेलिभिजन च्यानलले विदेशका विज्ञापन प्रसारण गर्न नपाउने नीतिको बिषयमा छलफल भएको हो । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल विज्ञापन सङ्घका प्रतिनिधि, आम सञ्चार नीति कार्यान्वयन सुझाव समितिका सदस्य, नेपाल केवल टेलिभिजन महासङ्घलगायतका सरोकारवालाको उपस्थिति थियो । 

बिज्ञापन रहित नीतिका बारेमा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले प्रस्तुती दिएका थिए । उक्त अवसरमा मन्त्री कार्कीले विज्ञापनरहित नीति, २०७३ लागु गर्ने प्रक्रिया सरोकारवालासँग नियमित छलफल गर्दै अगाडि बढाउने जानकारी गराउनुभयो । 

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बिज्ञापन रहित नीति नेपालको हितमा रहेको भन्दै प्राविधिक तयारीसहित नीति कार्यान्वयन गर्ने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!