डिभीको लागि छनौट हुनुभएन ? कन्फर्मेसन नम्बर सुरक्षित राख्नुहोस

Posted on: 07 May, 2017


सन् २०१८ को डिभी लोटरीका लागि छनौट भए नभएको चेक गर्दा छनौट नभएको विवरण प्राप्त गरेपनि आफ्नो कन्फर्मेसन नम्बर सन् २०१८ को सेप्टेम्बर ३० सम्म आफैसंग राख्न अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट, ब्युरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

आफुलाई डिभी लोटरी नपरेको कूरा  आगामी सेप्टेम्बरसम्म पनि चेक गर्न सकिने भएकाले कन्फर्मेसन नम्बर सुरक्षित राखन सुझाब दिएको छ । डिपार्टमेन्ट अफ स्टेट, ब्युरो अफ कन्सुलर अफयर्सले भनेको छ- '२०१७ मे २ देखि २०१७ सेप्टेम्बरसम्म ई-डिभिको वेबसाइटमा उपलब्ध एन्ट्रेन्ट स्टेटस चेक हेर्न सकिने छ । 

एन्ट्रेन्ट स्टेटस चेकमार्फत मात तपाइले आफु छनौट भए नभएको थाहा पाउन सक्नुहुन्नेछ । त्यसमा भिषा आबेदन तथा आप्रबासी भिषाको लागि अन्तरबार्ता मिति र समयबारे थप जानकारी समेत दिएको हुन्छ । सबै भिषाको उपलब्धता सुनिश्चित गर्नका लागि अमेरिकी विदेश मन्त्रालयले २०१७ मे २ पछी थप बिजेताहरुलाई सुचित गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्न सक्ने छ ।

डिभी लोटरी परे नपरेको थाहा पाउन यहाँ क्लिक गर्नुहोस !

कुनैपनि अद्यावधिक जानकारीका लागि आफ्नो कन्फर्मेसन नम्बर २०१८ सेप्टेम्बर ३० सम्म सुरक्षित राख्नुपर्ने छ । एन्ट्रेन्ट स्टेटस चेक र डाइभर्सिटी भिसाको लागि अनलाइन आवेदन भर्ने अमेरिकी विदेश मन्त्रालयको एकमात्र आधिकारिक वेबसाइट www.dvlottery.state.gov हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!