धादिङ्गको नेत्रावतीमा अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

Posted on: 17 May, 2017

जेठ ३, मलेखु (धादिङ) | उत्तरी धादिङको नेत्रावती गाउँपालिकामा नेकपा (एमाले)ले अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पदमा विजय हासिल गरेको छ । 

मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार दुर्गा शाक्यले एक हजार ६४६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टेकजङ्ग लामाले एक हजार ५७३ मत प्राप्त गर्नुभयो । 

यसैगरी, उपाध्यक्षमा माओवादी केन्द्रका उर्मिला तामाङ एक हजार ५४२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी आशमाया तामाङले एक हजार ५९ मत प्राप्त गर्नुभयो । 

उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । 

अध्यक्ष पदमा चेरुङ तामाङ एक हजार ४८४ मत र उपाध्यक्ष पदमा विना लामा एक हजार ४०९ मतसहित विजयी हुनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!