अब नेपालको भिसा आवेदन मोबाइलबाटै

Posted on: 03 Jul, 2017

असार १९, काठमाडौं । अध्यागमन विभागले आजदेखि नेपालमा भिसाका लागि मोबाइलबाटै आवेदन दिने गरी मोबाइल एप सार्वजनिक गरेको छ । 

‘नेपाल इमिग्रेशन’ नामको उक्त एप सार्वजनिक भए लगत्तै एपमा अध्यागमनसँग सम्वन्धित सबै जानकारी राखिएको छ । विभागका अनुसार सेवाग्राहीले इमिग्रेसन एपकै प्रयोग गरेर अनलाइनमार्फत भिसा प्राप्ती र ट्रेकिङ अनुमतिका लागि दरखास्त दिन सक्ने भएका छन् ।

त्यस्तै विदेशमा समस्यामा परेका नेपालीहरुको सहजताका लागि २९ ओटा विदेशस्थित नेपाली नियोगको ठेगाना एपमा राखिएको छ । विभागले अनलाइनकै माध्यमबाट सेवाग्राहीको गुनासो सुन्न सक्ने ब्यवस्था समेत मिलाएको छ ।

गृहमन्त्री जनर्दन शर्माले ‘नेपाल इमिग्रेशन’ एप एउटा साधन भएको उल्लेख गर्दै त्यसलाई सही ढंगले प्रयोग गर्नुपर्ने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!