आइतबारदेखि नेपालमा भारतीय च्यानलको प्रशारण रोकिन सक्ने

Posted on: 14 Jul, 2017

असार ३०, काठमाडौं । नेपालमा आइतबारदेखि क्लीन फीड लागू हुँदैछ । 

यता भारतीय टेलिभिजन प्रशारकहरुले नेपालमा क्लीन फीड लागू भए ईण्डियन टेलिभिजन बन्द हुन सक्ने जनाएको छ । भारतीय टेलिभिजन प्रशारकहरुको साझा संस्था ईण्डियन ब्रोडकाष्टिङ फाउण्डेशन (आईबीएफ) का महासचिव गिरिस श्रीवास्तवले नेपालमा क्लीन फीड लागू भए भारतीय च्यानलको प्रशारण रोकिन सक्ने संकेत गरेका हुन् ।

सरकारको नीति फिर्ता नभए साउन १ गतेदेखि टेलिभिजनहरु बन्द गर्ने चेतावनी समेत दिइएको छ । श्रीवास्तवले नेपालको क्लीन फीड नीतिलाई आईबीएफले चासोका साथ हेरेको भन्दै तत्काल यसलाई कार्यान्वनयमा नलैजान नेपाल सरकारलाई सुझाव दिएको उल्लेख गरेका छन् ।

उनले प्रशारण रोकिएमा नेपालमा अधिक मात्रामा डीटीएचको पाइरेसी हुन सक्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!