एनसेलको फोरजी सेवा अब १७ शहरमा, ३० दिनसम्म गीतहरु सुन्न तथा डाउनलोड गर्न निःशुल्क

Posted on: 01 Aug, 2017

साउन १७, काठमाडौं | मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) को सेवा थप १० शहरमा विस्तार गरेको छ । यस अघिनै एनसेलको यो सेवा ७ सहरहरुमा बिस्तार भईसकेका छन् । 

एनसेलले आजैदेखि विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा फोरजी सेवा सुरु गरेको हो । एनसेलले फोरजी सेवा सुरु गरेपछि अब सेवाग्राहीहरुले आजै देखि पछिल्लो पुस्ताको द्रुत गतिको मोबाइल इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् । 

फोरजी सुचारू गर्न ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो कि होइन भन्ने बारेमा जानकारी लिन सक्ने एनसेलले जनाएको छ । तोकिएका सहरमा फोरजी सेवा सुचारु नभएमा सेवाग्राहीहरुले आफुलाई पायक पर्ने एनसेल सेन्टरमा गई यो सेवा सुचारु गर्न वा नचल्ने सिमनै साट्न सक्ने एनसेलले बताएको छ । यसअघि एनसेलले फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोटसहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा उपलब्ध गराएको थियो । 

त्यस्तै फोरजी सेवा चलाउने ग्राहकले *324# डायल गरी ३० दिनसम्म योण्डर म्युजिक एपमा निःशुल्क गीत अनलाइन सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!