भरतपुर मतपरिणाम: मतान्तार ३२ मा झर्यो

Posted on: 05 Aug, 2017


साउन २१, काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमालेले जित्ने सम्भावना न्यून बनेको छ । पुनः निर्वाचन भएको भरतपुर १९ मा एमालेले अपेक्षित मत पाउन नसकेपछि एमालेको विजय यात्रामा धक्का लाग्ने खतरा बढेको हो । अहिले भरतपुर २० को मतगणना भइरहेको छ ।

वडा २० को अहिलेसम्म गणना भएको १६०० सय मतगणना गर्दा देवी ज्ञावली र रेनु दाहालको मतान्तार ३२ मा झरेको छ । वडा नम्बर २० मा ३२ सय ९६ मत खसेको थियो । यसअघि नै निर्वाचन भएका कारण काँग्रेसको मत देवी र रेणु दुवैका लागि बाँडिएको अनुमान गरिए पनि मतपरिणामले त्यस्तो देखाएको छैन् ।

यसअघि मतपत्र त्यातिएर फेरि मतगणना भएको भरतपुर १९ मा एमालेका ज्ञवाली भन्दा माओवादीकी दाहालले झण्डै दोब्बर मत पाएकी छिन् । वडा नम्बर १९को गणना सुरु भएपछि लगातार घटिरहेको देवीको अग्रता अोरालो लागिरहेको छ । अब रेणुभन्दा देवी ७६ मतले मात्रै अघि छन् ।

यसरी प्रत्येक ४ सयको गणनामा रेनुको अग्रता नघटाउने हो भने देबीको हार निश्चित छ । अग्रता घटाउँदै लाने हो भने रेणुको जित सुनिश्चित जस्तै बनेको छ । निकै कडा प्रतिष्पर्धाका कारण प्रत्येक पटकको मतपरिणाम रोचक बन्दै गएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!