माओवादीले छान्यो ८ राज्यमन्त्री, सपथ आजै (को-को परे?)

Posted on: 20 Aug, 2017

भदौ ४, काठमाडौं । नेकपा माओवादी केन्द्रले ८ राज्यमन्त्री छानेको छ । उनीहरुले आजै सपथ लिनेछन् ।

८ राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पद तथा गोपनियताको सपथ गराउने छन् । सत्तारुढ नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकले भने केही दिनमा राज्यमन्त्री पठाउनेछ ।

को कहाँ परे ? 

माओवादीका श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री बन्ने भएका छन् भने रामसिंह यादव परराष्ट्र र जाकिर हुसेनलाई उर्जा राज्यमन्त्री सिफारिस गरिएको छ । त्यस्तै सम्भुलाल श्रेष्ठले स्वास्थ्य मन्त्रालय सम्हाल्नेछन् भने कर्णबहादुर विकले आपूर्ति मन्त्रालय सम्हाल्नेछन् । त्यस्तै छमबहादुर गुरुङको भागमा सहरी विकास मन्त्रालय परेको छ भने गोमा कुँवरको भागमा पशुपक्षी मन्त्रालय परेको छ । त्यस्तै वाङ्दी शेर्पालाई भने सामान्य प्रशासन राज्यमन्त्रीको जिम्मेवारी सिफारिस गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!