वर्ल्डलिंकले थाल्यो नेपालमै पहिलो ‘सुरक्षित इन्टरनेट सेवा’

Posted on: 21 Aug, 2017

भदौ ५ , काठमाडौं । वर्ल्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ख्याल राख्दै सेफनेट नामक सुरक्षित इन्टरनेट सेवाको सुरुवात गरेको छ ।

यसले अभिभावकहरुलाई वर्ल्डलिंक इन्टरनेट जडानमा कुन इन्टरनेट साइट नियन्त्रण गर्नको लागि पहुँचयोग्य छ भन्ने अनुमति दिँदै प्रयोगकर्ताहरुलाई कुन समयमा कस्ता नियन्त्रण सामाग्रीको छनोट गर्ने भन्ने बारेमा अनुमति दिनेछ ।


यो सेवा वर्ल्डलिंकका ग्राहकहरुका लागि निशुल्क प्रदान गरिने छ । सेफनेटको सेटिङ्ग र कन्ट्रोलहरु वर्ल्डलिंकको ग्राहक पोर्टल अथवा माई वर्ल्डलिंक एप्सबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

बच्चाहरुको अध्ययनको समयमा सामाजिक सञ्जाललाई प्रतिबन्धित गर्न, डिभाइसहरुलाई नकारात्मक प्रभाव पार्ने वेवसाइटहरु ब्लक गर्न, वेवसाइटहरु ब्राउजिंग गर्दा विज्ञापनहरु फिल्टर गर्ने यो उपयोगी हुनेछ ।

वयस्क र अश्लील सामग्रीहरुलाई पूर्ण रुपमा बन्देज गर्न, आफ्नो समय तालिका अनुसार वेवसाइट अन र अफ गर्न, विशेष वेवसाइट वा डोमेनहरु ब्ल्याक लिस्ट वा ह्वाइट लिस्ट गर्न पनि यो प्रयोग गर्न सकिने छ ।

यो सेवा नेपाली बजारमा अभ्यासको रुपमा सञ्चालन गर्न लागेको हुनाले सेवामा कुनै किसिमको वारेन्टी वा ग्यारेन्टीको व्यवस्था नरहेको वर्ल्डलिंकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!