प्रम देउवा हैदरावाद जाँदै

Posted on: 25 Aug, 2017

भदौ ९,नयाँदिल्ली। मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो १२ बजे विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गर्नुहुनेछ । 

प्रधानमन्त्री देउवाले हैदरावादमा रहँदा त्यहाँस्थित हाइटेक सिटी अवलोकन गरी सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी लिनुहुनेछ । 

प्रधानमन्त्री देउवासँग आजै साँझ तेलंगना तथा आन्ध्र प्रदेशका राज्यपाल इएसएल नरसिंहनले शिष्टाचार भेटवार्ता गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!