iPhone-8 सेप्टेम्बर १२ मा ! के छ नयाँ फिचर, मूल्य कति ?

Posted on: 26 Aug, 2017

भदौ १०, काठमाडौँ | चर्चामा रहेको iPhone-8 अब सेप्टेम्बर १२ मा सार्वजनिक हुने पक्का भएको छ । समाचार एजेन्सीको अनुसाए आइफोन-८ मोबाइल प्रेमीहरुको माझ आउन १५/२० दिन मात्र कुर्नुपर्नेछ । 

आइफोनले तोकिएको मिति आफ्नो आइफोनका प्रडक्टहरु सार्वजनिक गर्दै आएको छ । फोन सेप्टेम्बर १२ मा सार्वजनिक भएपनि लञ्चिङको एक–डेढ हप्तापछि मात्र यसको बिक्री सुरु हुने गरेको छ । अर्को खास कुरा के पनि छ  भने आइफोनले परम्परागत रुपमा आफ्ना नयाँ फोन मंगलबार वा बुधबार लञ्च गर्ने गरेको छ भने र शुक्रबारको दिन पारेर बिक्री सुरु गर्दै आएको छ ।

विश्व बजारमा आइफोनको निकै राम्रो क्रेज छ । आइफोन ८ लन्च भएको केहि समयमै फेरी एप्पलले आइओएस ११, म्याक अपरेटिङ सिस्टम हाइ सिएरा, वाच अपरेटिङ सिस्टम फोर, तथा टिभी अपरेटिङ सिस्टम ११, पनि सार्वजनिक गर्नेछ ।

आइफोन ८ मा कस्ता फिचर हुन्छन ? 

- आइफोन एटमा फेस सेन्सर लक मुख्य मानिएको छ । आइफोन ८ मा चलाउने व्यक्ति चिनेर मात्र मोबाइलको लक खुल्नेछ ।

- त्यस्तै यसफोनमा इन्डक्टिभ चार्जिङ (वाएरलेस चार्ज) गर्ने सुबिधा हुनेछ ।

- डुअल ब्याक क्यामेरा (ठाडोडिजाइनमा) रहनेछ । 

iPhone-8 को थप सुबिधाको बारेमा हल्ला धेरै चलेका छन् ।  तर आइफोनले आफ्नो तल दिईएका डिजाइन भने पुष्टि गरिसकेको छ । 


मूल्य कति ? 

बजारमा आइफोन -८ लन्च हुनु अगावै बिभिन्न हल्लाहरु चलाइने गरिन्छ तर आधिकारिक रिपोर्टमा जनाईए अनुसार नयाँ आइफोनको मूल्य १ हजार डलरदेखि १ हजार २ सय डलरसम्म पर्ने उल्लेख छ । यो मूल्य १२८ देखि २५६ जीबी क्षेमतासम्मको फोनमा लागु हुने जनाइएको छ । आइफों ८ को मूल्य सम्बन्धि ख्यातीप्राप्त फोब्स म्यागेजिनको समाचारमा समेत ९९९ डलर उल्लेख गरिएको छ  । उसले आइफोन ८ को मूल्य यस अघिका सबै आइफोंको मूल्य भन्दा महँगो हुने उल्लेख छ । मूल्यमा पनि ट्याक्स जोडीदा थप महँगो हुने जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!