दिक्तेलको एनसेल टावर विजुलीमा परनिर्भर उपभोतालाई हैरानी

Posted on: 01 Sep, 2017

१० हजार उपभोताहरु प्रत्यक्ष मर्कामा



चिसाङ शेर्पा ।भदौ १६, खोटाङ। निजि सेवा प्रदायक कम्पनी एनसेलद्धारा खोटाङ सदरमुकाम दिक्तmेलमा सञ्चालित एनसेल फोन विजुलीमा परनिर्भर हुंदा उपभोतmाहरु हैरानी खेप्न वाध्य भएका छन् । सदरमुकाम दिक्तेल १ स्थित वैंकअफ काठमाडौको माथिल्लो तलमा रहेको एनसेल फोनको टावर विजुली हुंदा चल्ने, विजुली नहुंदा नचल्ने भएपछि त्यसका १० हजार उपभोताहरु प्रत्यक्ष मर्कामा परेका हुन् । सदरमुकाम आसपास सहित १० हजार व्यतीले एकैसाथ प्रयोग गर्न सकिने फोन खासमा प्रभावकारी नहुंदा यसका उपभोताहरु आक्रोस वनेका छन् । 

२०६७ सालमा स्थापना भएको एनसेल टावरमा प्रशस्त मात्रामा व्याट्रीव्याकअप नहुंनु र वत्तीको विकल्पमा जेनेरेटर नराखिदा खोटाङ सदरमुकाम दिक्तेलमा रहेको एनसेल फोन भने अनुसार उपभोग गर्न नपाईएको हो ।

एनसेलका लागि सगरमाथा अञ्चल मेन्टिनेन्स डिर्पाटका क्लस्टलिड मोहम्मद अखतर रजाका अनुसार एनसेल टावरमा भएको व्याट्रीले ७ घण्टा काम गर्ने बताए पनि विजुली गएको १ घण्टामा फोन पुर्णरुपमा वन्द हुने गरेको छ ।

रजाका अनुसार ‘जयरामघाटस्थित दुधकोसी पुलमा पक्कीपुलको काम समापन भएपछि कम्पनीको निर्देशन अनुसार अटो जेनेरेटर राखिने बताए । जेनेरेटर राखेपछि वत्ती नहुंदा पनि फोन चल्नेछ ।’

महुरेगढी र मुढेमा रहेका एनसेल टावरहरुमा जेनेरेटर रहेकाले त्यहाँ समस्या नभएको उहाँको भनाई छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!