प्रदेश नम्बर २ मा माओवादीले एमालेलाई उछिन्यो ! १२ ठाउँ स्थानमा कसको जित ?

Posted on: 21 Sep, 2017

असोज ५, काठमाडौँ | प्रदेश नम्बर २ का १३६ स्थानीय तहको प्रारम्भिक नतिजा आउने क्रम जारी छ । पछिल्लो निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ भने दोश्रो स्थानमा रहेको एमाले चौथो स्थानमा पुगेको छ ।

अहिलेसम्म कांग्रेस ४० स्थानमा अग्रतामा छ भने माओवादी केन्द्र २२ स्थानमा र एमाले १६ स्थानीय तहमा अगाडि छन् । जितको कुरा गर्ने हो भने एमालेले ४ तहमा जितेको छ, त्यस्तै माओवादीले २ तहमा जित दर्ता गरेको छ । त्यस्तै कांग्रेसले १, फोरम लोकतान्त्रिकले २, राजपाले १ स्थानीय तहमा जित दर्ता गरेका छन् । 

माओवादीले अहिलेसम्म सिरहाको कर्जन्हा नगरपालिका र सिरहाकै अर्नमा गाउँपालिकामा जित दर्ता गरेको छ । 

त्यस्तै एमालेले सप्तरीको सप्तकोशी नगरपालिका,  पर्साको पटेर्वा सुगौली गाउँपालिका,  धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषाकै बटेश्वर गाउँपालिकामा जितेको छ । 

त्यस्तै कांग्रेसले  सिरहाको नवराजपुर गाउँपालिकामा अहिलो खाता खोलेको छ ।  त्यस्तै लोकतान्त्रिक फोरमले २ स्थानहरु रौतहटको ईशानाथ नगरपालिका र सर्लाहीको विस्णु गाउँपालिकामा जितेको छ । 

त्यस्तै संघीय समाजवादी फोरमले सिरहाको विष्णुपुर गाउँपालिकामा जितेको छ भने हंसपुर नगरपालिका, धनुषामा राजपाले जितेको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!