बझाङ्गबाट साढे चार किलो चरेस सहित २ जना पक्राउ

Posted on: 29 Oct, 2017

सम्राट सिंह | कात्तिक १२, बझाङ | जिल्लाको दुर्गाथली गाउँपालिका २ मोरीबगरमा साढे चार किलो चरेस सहित २ जना पक्राउ परेका छन । 

आइतबार प्रहरी चौकी मटेलाका प्र.स.नि.प्रेम सिंह बिष्टको कमाण्डमा खटि गएको प्रहरी टोलीले साढे चार किलो चरेस सहित २ जनालाई पक्राउ गरेको हो । 

छबिस पाथिभेरा गाउँपालिका ६ बस्ने बर्ष ५० का झब्बर बुढा र सोहि ठाउँका बर्ष ४२ का ज्ञान बहादुर बुढालाई लुकाई छिपाई लैजादै गरेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका डियसपी क्रृषिराम कडेलले बताए । पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भएरहेको उनको भनाइ  छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!