ओप्पो 'एफ फाइभ' सार्वजनिक, यस्ता छन् सुविधा

Posted on: 15 Nov, 2017

कात्तिक २९, काठमाडौं । ओप्पो मोबाइल्सले ओपो एफ फाइभ नेपालमा बिक्री सुरु गरेको छ ।  

मंगलबार एक कार्यक्रमबीच यो मोबाइल सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाल आइडल बुद्ध लामा, फष्ट रनरअप निशान भट्टरार्इ र सेकेन्ड रनरअप प्रताप दास समेत सहभागी थिए ।

कम्पनीले अत्याधुनिक एआई ब्यूटी (सेल्फीमा रहेका ब्यक्तिका लागि विशेष ब्यक्तिगत आधारमा ब्यूटिफिकेशन उपलब्ध गराउने) प्रविधि उपलब्ध गराएको छ । यो प्रविधिले सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने कम्पनीको दावी छ । मोबाइलको मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।


कम्पनीले यूवा पुस्तालाई छनोटको थप अवसर प्रदान गर्ने सोचका साथ एफफाइभ सिक्स जीबी एडिशन र एफफाइभ योथका बारेमा पनि जानकारी गराएको थियो । यी दूई भ्यारियन्ट भने आउने महिनाहरुमा क्रमिक रुपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । 

बर्षौँको खोजपछि नेपाली बजारमा सेल्फी फिचरमा आर्टिफिसियल ईन्टेलिजेन्सी सहित सार्वजनिक गरिएको ओप्पो एफफाइभ नै पहिलो स्मार्टफोन भएको दाबी गरिएको छ । 

कम्पनीका अनुसार २ सय भन्दा बढी फेशियल रिकग्निसन स्पट्स सहित खिचिएको तस्विरलाई ग्लोबल डाटावेसमा रहेका मानव अनुहारका फेसियल फिचर्स, आकार र संरचनाहरुसंग तुलना गरी विषयको स्किन टोन, प्रकार, लिंग, उमेर लगायतका आधारमा पहिचान गर्छ । 

यसरी अनुहारको पहिचान पश्चात एआई ब्यूटी प्रविधिले आवश्यकता अनुसार छाला, आँखा, ओँठ लगायतमा ब्यूटिफाई प्रविधिले उत्कृष्ट नतिजाका लागि काम गर्न थाल्छ । यो फिचरले ब्यक्तिगत तवरमै ब्यूटिफाइ सुविधा उपलब्ध गराउँछ ।

मोबाइलमा अल्ट्रा सेन्सिटिभ एफ २.० एपर्चर र १/२.८ सेन्सर सहित २० मेगापिक्सेलको फ्रण्ट क्यामेरा उपलब्ध गरिएको छ । दुबै फिचर्सले क्यामेरालाई अधिक सुचना संकलन गर्न तथा कम प्रकाश भएका स्थानमा समेत न्वाइज न्यूनिकरण गरी उत्कृष्ट तस्विर सम्प्रेषण गर्न सघाउँछ ।

फोनमा रहेको १६ मेगा पिक्सेल क्षमताको रियर क्यामेराले दिन तथा रात दुबै समयमा उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको दावी छ । कम्पनीका अनुसार एफ१.८ एपर्चर सहितको ब्याक क्यामेराले उज्यालोमा उत्कृष्ट प्रदर्शनी गर्नुका साथै अध्यारो अवस्थामा समेत गुणस्तरिय तस्विर लिन सघाउँछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!