रवि लामीछानेले युएईबाटै News-24 मा कार्यक्रम चलाए, आफै ड्राइभ गरेर अष्टमीको कम्पनी पुगे (भिडियो)

Posted on: 06 Dec, 2017

मङ्सिर ६, काठमाडौं । ख्यातिप्राप्त टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका संचालक रवि लामीछानेले आफ्नो पछिल्लो कार्यक्रम युएईबाटै संचालन गरेका छन् । स्टुडियोबाटै संचालन हुने यस कार्यक्रम पहिलो पटक विदेशबाट प्रत्यक्ष प्रसारण भएको हो । 

कार्यक्रममा पत्रकार लामिछानेए बैएशिक रोजगारीको शिलशिलामा दुबईको आबुधावीमा रहस्यमय मृत्यु भएकी गोरखा आरुघाट २ मान्वुकी अष्टमी गुरुङ बिषयमा आबुधावीमै पुगेर विस्तृत रिर्पोटीङ गरेको देख्न सकिन्छ । रवि आफैले ड्राइभ गरेर त्यहाँ पुगेका थिए ।

पत्रकार लामिछाने सहितको टिमले आबुधावीमा अष्टमीले काम गर्ने कम्पनीमै पुगेर रिपोर्ट तयार पारेको छ । साथै युएई स्थीत नेपाली दुतावास र एनआरएन युएईका पदाधिकारीको पहलमा युएई प्रहरीले गरेको अनुशन्धानको बारेमा छलफल गरेको छ ।

न्युज२४ टेलिभिजनको टिमले युएईमा भिजिट भिषामा पुगेर अलपत्र परेका नेपाली, घरेलु कामदारका रुपमा युएई पुगेका नेपाली महिलाहरुलाई भेटेको छ । उनीहरुको समस्या समाधानको लागि दुतावास तथा नेपाल सरकारको ध्यानाकषर्ण गराएको छ ।

यस अघि सोमबार बेलुका नेपाली राजदुतावासमा नेपाली कामदारहरु र दुतावासका अधिकारीसँग पत्रकार लामिछानेले अन्तरक्रिया गरेका थिए  ।

हेर्नुहोस् युएईबाट संचालित सिधा कुरा जनतासँगको पछिल्लो भाग: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!