पुरानो मोडलका iPhone स्लो भएपछी एप्पलले दिने भयो यस्तो सुबिधा

Posted on: 29 Dec, 2017

काठमाडौं । पुराना मोडेलका केही आइफोन स्लो भएकोमा एप्पलले माफी माग्दै ब्याट्री रिप्लेसको मूल्य तीन गुणा घटाएर सुबिधा दिने भएको छ । 

पुराना मोडलका आइफोन प्रयोगकर्ताले पछिल्ला दिनहरुमा फोन सुस्त बनेको गुनासो गरिरहेका छन् । कतिपयले त नयाँ आइफोन खरिदका लागि बाध्य पार्न पुराना मोडललाई स्लो बनाइएको हुनसक्ने आशंका समेत गरेका थिए ।

तर, एप्पलले भनेको छ कि ब्याट्रीको मूल्य कम गरिनेछ । साथै २०१८ मा सफ्टवेयर ल्याइने छ, जसले आइफोनको ब्याट्रीको अवस्था जाँच गर्न सघाउने छ ।


एप्पलले केही फोन स्लो गरिएको स्वीकार गरेको छ । तर, स्लो हुनुको कारण ब्याट्री कम्जोर भएको भन्दै नयाँ ब्याट्री हालेर पुन: फास्ट बनाउन सकिने एप्पलले जनाएको छ । उसले आइफोन ६ वा त्यसपछिका संस्करणको आइफोनको ब्याट्री रिप्लेसको मूल्य २९ डलरमा झारेको छ । जुन पहिले भन्दा झन्डै तीन गुणा सस्तो हो ।


पुराना मोडलका आइफोनहरु स्लो भएपछि एप्पलविरुद्ध अमेरिकामा मात्र ८ वटा मुद्दा परेका छन् । कतिपयले ब्याट्री पुरानो हुँदै जाँदा आइफोनलाई चाहिनेजति पावर नपुग्दा आइफोन नै स्लो हुने भन्दै नयाँ ब्याट्री रिप्लेस गर्न आग्रह गरेको भिडियोहरु युटुवमा अपलोड गरेका छन् । एप्पलले समेत यस बिषयलाई स्वीकार गर्दै ब्याट्रीको मूल्य घटाउने निर्णय लिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!