पुर्वी रोल्पामा नेपाल टेलिकमको टावर निर्माण

Posted on: 08 Jan, 2018

मनिषा राई | पुस १४, रोल्पा | पुर्वी रोल्पाको सुनछहरी गाउपालिका वडा नं. ६ फगाममा नेपाल टेलिकमको टावरको निर्माण कार्य भइरहेको छ । आफन्त सङग कुरा गर्नका लागि कित अलि अग्लो ठाउँ कित सुलिचौर बजार धाउनु पर्ने बाध्यतामा रोमलिएका सुनछहरी गाउँपालिका ६ फगाम बासिहरुको समस्या अव भने दुर हुने भएको छ । आधुनिक युगमा पनि सन्चारको पहुच भन्दा बाहिर रहेको फगाम फोनल भरपर्दो काम नगर्दा त्यहाका स्थानियहरुले हैरानी खेप्नु परेको थियो ।

स्थानियहरु प्रायको हात हातमा एण्ड्रोइड मोबाइल भएपनि गीत सुन्न र भिडियो हेर्न मात्र प्रयोग हुने गरेको छ । टेलिफिनले काम नगर्दा अर्कै सन्सार गएजस्तो लाग्ने फगाममा टावर बनेपपछि समस्याको समाधान हुनेछ र सन्चार क्षेत्रमा पनि आमुल परिवर्तन आउनेमा स्थानियहरु आशाबादी छन् । साथै फगाम र आसपासका समुदायले यो सुबिधा अब छिट्टै उपभोग गर्न पाउने भएपछि स्थानियहरु निकै हर्षित भएका छन् ।


उक्त टावर निर्माण भएपछि फगाम मात्र नभई छिमेकि साविकका गाविसहरु गजुल, जैमाकसला, जेल्बाङ लगायतका स्थानियहरुले पनि प्रत्येक्ष सेवा लिन पाउनेछन् । सुनछहरी गाउपालिका वडा नं. ६ का वडाअध्यक्ष अमरजित पुनमगरले यसअधि बिधुत समेत गाउमा पुगि सकेको बताउदै टावर निर्माण स्थल सम्म बिधुत पुर्याई अलि ठूलो क्षमताको निर्माण गर्नै बताउनुभयो ।

वडाअध्यक्ष पुनमगर लगायत गाउपालिकाकै पहलमा गाउमा बिभिन्न बिकासका कामहरु भइसकेका छन् भने कतिपय बिकास निर्माणका कामहरुले पनि तिव्रता पाएको छ ।  बिगतका दिन र वर्तमानका दिन साथै भविष्यको दिनलाई तुलना गर्दा आकाश जमिनको फरक भएको छ । 

\


यस बिषयमा तपाइको प्रतिक्रिया...!