नेपाल टेलिकमद्वारा मोबाइलमा सबैभन्दा धेरै खर्च गर्नेहरुको नाम सार्वजनिक (खर्च विवरण सहित)

Posted on: 05 Feb, 2018

माघ २२, काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्तीको नाम सार्वजनिक गरिदिएको छ । टेलिकमले आज सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षभरीमा नेपाल टेलिकममा सबैभन्दा धेरै खर्च गर्ने व्यक्तिमा काठमाडौं, बौद्धका कुलमान घिसिङ रहेका छन् । घिसिङले एक वर्षमा आफ्नो पोष्टपेड मोबाइल नम्बरबाट कुल १ लाख ९७ हजार ६ सय २५ रुपैयाँ ४० पैसा खर्च गरेका छन् ।

नेपाल टेलिकमको चौधौं वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै मोबाइल प्रयोग गर्ने आफ्ना ग्राहकलाई सम्मान गर्न उक्त तथ्यांक सार्वजनिक गरेको हो । टेलिकमको आफ्नो वार्षिकउत्सवको अवसरमा ग्राहकको प्रतिनिधित्व हुने गरी मोवाइल तथा अन्य सेवामा सबैभन्दा धेरै खर्च गर्नेहरुलाई सम्मान समेत गरेको छ ।

त्यसैगरी, संस्थागत रुपमा पोष्टपेड मोबाइलबाट सर्वाधिक खर्च गर्नेमा सूर्य नेपाल प्राली रहेको छ । उसले एक वर्षमा ९ लाख ४६ हजार १ सय ८० रुपैया ६० पैसा खर्च गरेको छ । 

यस्तै नेपाल टेलिकमको प्रिपेड मोबाइलबाट सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं बानेश्वरका पुष्प दुलालको नाम सार्वजनिक गरेको छ । दुलालले वर्षमा मोबाइलमा ६४ हजार ४ सय ५ रुपैया ७१ पैसा खर्च गरेका छन् ।

त्यस्तै सिडिएमए पोष्टपेडमा व्यक्तीगत रुपमा सबैभन्दा धेरै रिचार्ज गर्नेमा मोरङका दिलबहादुर लावती र संस्थागतमा नवज्योति इम्पेक्स, काठमाडौं रहेको छ । लावतीले ३७ हजार २ सय र नव ज्योतिले १८ हजार ६ सय खर्च गरेका छन् । त्यस्तै सिडिएमए प्रिपेडमा व्यक्तिगत रुपमा सुनसरी, महेन्द्रनगरका विदुर परियारले २ लाख २१ हजार १ सय ६ रुपैया ७० पैसा रहेको टेलिकमले जनाएको छ ।

त्यस्तै वाइम्याक्समा सबैभन्दा धेरै खर्च गर्नेमा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, पाटन रहेको छ । सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले ८८ हजार रुपैयाँ वार्षिक खर्च गरेको छ । त्यस्तै सर्वोच्च अदालत, काठमाडौंले लिज लाइन प्रयोग गर्दै १ करोड ६८ लाख २९ हजार ६ सय ८० रुपैया ९४ पैसा खर्च गरेको छ ।

त्यस्तै टेलिकमओ पिएसटिएन अर्थात ल्यान्डलाइन टेलिफोनमा धेरै हार्छ गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परेको छ । जसले ४२ लाख १ हजार २ सय ३४ रुपैया ३१ पैसा खर्च गरेको छ। त्यस्तै व्यक्तीगत रुपमा ल्यान्डलाइन प्रयोग गर्नेमा कंचनपुरका रामप्रसाद राना रहेका छन् । उनले वार्षिक १ लाख २६ हजार ८ सय ६४ रुपैया ५२ पैसा खर्च गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!