भोलीदेखि १५ दिनसम्म एनसेलको भ्यालेन्टाइन अफर, के-के छ अफरमा ?

Posted on: 07 Feb, 2018

माघ २४, काठमाडौं । एनसेलले 'भ्यालेन्टाइन डे'लाई लक्षित गर्दै विभिन्न प्याक ल्याएको छ । आउँदै गरेको भ्यालेन्टाइनका लागि एनसेलले असिमित भ्वाइस प्याक र डेटा प्याकसहितका अफरहरु ल्याएको एनसेलले जनाएको छ ।

एनसेलले सार्वजनिक गरेको अफर अन्तर्गत भोलीदेखि असिमित भ्वाइस तथा डेटा प्याकको अफर सुरु हुनेछ । अफरहरु एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुमा लागु हुनेछ । एनसेलबाट १५ रुपैयाँमा असिमित भ्वाइस प्याक लिई विहान ५ बजे देखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्रकुनै पनि नम्बरमा असिमित कुराकानि गर्न सक्नेछन् ।

यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुने एनसेलले जनाएको छ । त्यस्तै २० रुपैयाँमा एक घण्टाका लागि असिमित डेटा प्याक लिन सकिने जनाएको छ । यसको मतलब २० रुपयाँमा १ घण्टासम्म मज्जाले इन्टरनेट चलाउन सकिने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!