अब १ रुपैयाँमै सामसंग जे सेभेन मोबाइल किन्न पाइने

Posted on: 12 Feb, 2018

माघ २९, काठमाडौं । काठमाडौंको मुटु सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लिले नेपालमै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउदै आएको छ ।


ईजी मोबाइल केयर प्रा.लि.ले हालै मोबाइल खरिदकर्ताहरुका लागि किस्ताबन्दीमा विभिन्न ब्राण्डका मोबाइल दिने योजना ल्याएको छ ।

कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय र सर्बाधिक बिक्री भईरहेको सामसंग ब्राण्डको जे सेभेन म्याक्स स्मार्टफोन मासिक किस्ताबन्दीमा दिनेछ ।

कम्पनीले सामसँग जे सेभेन म्याक्स स्मार्टफोन रु. १ रुपैयाँ तिरेपछि मासिक किस्ताबन्दीमा उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो । 

सो अफरअन्तरगत अधिकतम बजार मूल्य रु.२८,२९० तोकिएको सामसंग जे सेभेन म्याक्स स्मार्टफोन ग्राहकहरुले रु. १ बुझाएर नै घर लैजान सक्नेछन् ।

सो स्मार्टफोनको बाँकी मूल्य सरल किस्ताबन्दीमा तिर्ने व्यवस्था रहेको छ । 

ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले अझैपनि बजारमा ग्राहकहरुले चाहे अनुसारको मोबाइल किन्न र सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!