जिओनी ए वान लाइटको मूल्य घट्यो

Posted on: 15 Feb, 2018

फागुन ४, काठमाडौँ | जिओनी फोनको आधिकारिक बजार व्यवस्थापक तथा वितरक कम्पनि टेलिटक नेपाल प्रा. लि. ले जिओनी ए वान लाइट फोनको मूल्य कम गरी रू. २०,५७० मा नै उपलब्ध गराउने जानकारी प्रदान गरेको छ । 

५.३० इन्च टचस्क्रिन रहेको जिओनी ए वान लाइटमा १.३ गिगाहर्ज ओक्टा–कोर मिडियाटेक एम.टि. ६७५३भी प्रोसेसर रहेको छ र ३ जि.बि. र्याम रहेको छ । ३२ जि.बि. बाट २५६ जि.बि. सम्म इन्टरनल स्टोरेज बढाउन सकिन्छ ।


सेल्फी र ब्याट्रीमा सर्वोत्कृष्ट रहने प्रयासमा सदैव अग्रसर जिओनीको यो ए वान लाइट फोनमा पनि १३ मेगापिक्सलको प्रमुख क्यामरा र २० मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ भने ४००० एम ए एच ब्याट्री रहेको छ ।

कम्पनिले जनाए अनुसार जिओनी ए वान लाइटको माग बजारमा व्यापक रहेको र युवा जनसमुदायबीच यसको ख्याति बढेका कारण यही फागुन २ गतेदेखि लागू हुने गरी जिओनी ए वान लाइटको मूल्य कम गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!