गाैरिसङ्कर बोर्डिङकाे असल अभिभावकीय कला कार्यक्रम सम्पन्न

Posted on: 14 Mar, 2018

फागुन-३० अर्घाखाँची |  गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूल सन्धिखर्कमा आज एक दिने "असल अभिभावकीय कला" कार्यक्रम सम्पन्न भएको छ । "वालवालिकालाई सम्पत्ति होइन, संस्कार दिऔँ" भन्ने मुल नारा दिइएको कार्यक्रममा कसरी असल र सफल अभिभावक बन्न सकिन्छ, वालवालिकाको स्वास्थ्य, शिक्षा, मानसिक, शारीरिक, संवेगात्मक विकासमा कसरी लाग्न सकिन्छ, अभिभावकले निर्माण गर्ने पारिवारीक, वातावरणीय,सामाजिक र भौतिक वातावरणलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने लगायतका विषयमा नाटक सहित प्रस्तुति गरिएको थियो ।

विद्यालयका करिव पाँच सय अभिभावकको उपस्थिति रहेको  कार्यक्रममा मोटिभेसनल स्पिकर तथा ट्रेनर उपेन्द्र अधिकारीले अडियो र भिडियो मार्फत प्रस्तुति दिनुभएको थियो । 


कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरको प्रमुख आतिथ्यता, जिल्ला शिक्षा अधिकारी लिल वहादुर राउत क्षेत्रीको विशिष्ट्र अतिथ्यता,  सन्धिखर्क नगर शिक्षा अधिकृत वलराम मिश्र, स्रोत व्यक्ति युवराज भुसाल, पत्रकार हिम वहादुर जि सी लेकालीको आतिथ्यता,   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेष वहादुर वि सीको अध्यक्षता, प्रिन्सिपल गणेश क्षेत्रीको स्वागत सहित विद्यालयको गतिविधि माथि प्रकास र शिव वेल्वासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!