जेष्ठ नागरिक,महिला दलितलाई अपमान गर्नेलाई राज्य बाट पाउने सुविधा दिन्नौँ—तुम्बेवा प्रमुख थापा

Posted on: 20 Apr, 2018


पाँचथर,वैशाख ६,

पाँचथरको तुम्बेवा गाउँपालिकाको दोस्रो गाउँ सभा बुधबार सम्पन्न भएको छ ।

वैशाख ३ गते शुरु भएको गाउँसभा  सभाले जेष्ठ नागरिक,महिला तथा दलितहरुलाई अपमानित गर्ने घर,परिवार र तथा त्यस्ता ब्यक्तिहरुलाई राज्यबाट पाउने सेवा सुविधाबाट बन्चित गर्ने निर्णय गरेको छ ।

 यस्तै एक वर्ष भित्रमा सामुदायिक विद्यालको शिक्षक दरवन्दी मिलान तथा कम विद्यार्थी भएठाउँमा विद्यालय मर्च गर्ने निर्णय गरेको छ । यस्तै प्राविधिक विद्यालय स्थापना गर्ने,एम्बुलेन्स खरिदका लागि प्रक्रिया अघि वढाएको छ भने विना लाइसेन्स सवारी साधान संचालन गर्ने सवारी साधानलाई संचालनमा प्रतिवन्ध लगाइएको तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!