‘कालो पोथि’ ले कर्णालीको यथार्थता झल्कायो “कर्णालीबासि”

Posted on: 24 Jul, 2016

नन्दराम जैशी | साउन ९, जुम्ला | विश्व चर्चित नेपाली कथानक चलचित्र ‘कालो पोथि’ दर्शकको अत्यन्तै मन जित्न सफल भएको छ । चलचित्र ‘कालो पोथि’ ले कर्णालीको यथार्थता झल्काएको भन्दै चलचित्रले आफ्नो मन जित्न सफल भएको दर्शकहरु बताउछन् । विगत दुइ हप्तादेखि प्रत्येक शनिबार जुम्लामा प्रर्दशन भैरहेको चलचित्र हेरीसकेपछि जुम्लाबासिले यस्तो प्रतिक्रिया दिएका हुन् ।

इतिहाँसदेखि कर्णालीले भोग्दै आएको समस्या तथा कर्णालीको भाषा, संस्कृति सहित कर्णालीको भौगोलिक विविधताको बिषयमा चलचित्रले यथार्थता झल्काएको दर्शकहरुले बताएका छन् । चलचित्रमा समेटिएका बिषयबस्तु तथा कथा अत्यन्तै सान्र्दभिक रहेको दर्शक महेश शाहिले बताए ।

हुन त, चलचित्र ‘कालो पोथि’ नेपालको माओवादी जनयुद्धमा आधारित दुई बालकको कथा हो । जुन १ घण्टा ३० मिनटको रहेको छ । जनयुद्धमा आधारित भएता पनि यस चलचित्रले कुनै राजनीतिक बिचार भावनाको पछ्य लिएको पाइदैन । खष भाषामा निर्माण गरीएको चलचित्र कर्णालीको बास्तविक कथामा आधारीत भएकाले पनि दर्शकहरुले धेरै मन पराएका छन् ।

चलचित्रलाई मुगुका मिन बहादुर भामले निर्देशन गर्नु भएको छ । भने उक्त चलचित्रलाई फ्रेन्च, जर्मन, ईटाली, कोरीयन, जापानीज, चाईनिज लगाएतका भाषाहरुमा स्वटाईटल गरीएको छ । उक्त चलचित्रले विभिन्न फिल्म महोत्सबहरुमा सहभागी भएर अवार्डहरु पनि जितीसकेको छ । चलचित्रमा मुगुका शुक्रराज रोकाय र खड्ग नेपालीले मुख्य पात्रको रुपमा र अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् ।

चलचित्रका लीड कलाकार शुक्रराज रोकायले सुटिङको दौरानमा सुरुमा असजिलो भए पनि पछि विस्तारै सबैसँगको घुलमिलपछि सजिलो भएको बताए । संभव भएसम्म आगामी दिनहरुमा कर्णालीका अन्य बिषयबस्तुमा आधारीत चलचित्र निर्माण गरीने निर्माता टोलिका एक सदस्य अनुप थापाले बताए । ‘कालो पोथि’ले कालो कर्णालीको बास्तविक भोगाइ उजागर गर्न खाजेको भन्दै यस्ता चलचित्र मार्फत कर्णालीका समस्या समाधानका लागि राज्यलाइ झकझकाउन आवाश्यक रहेको थापाको भनाइ छ ।

‘कालो पोथि’ प्रति दर्शकको प्रतिक्रिमा खुसि ब्यक्त गर्दै आगामि दिनमा पनि निर्माण गरीने सबै मुभिहरु दर्शकले रुचाउने उनको दावि छ । हाल ‘कालो पोथि’ बिश्वका ३४ भन्दा बढि देशमा प्रदर्शन भैरहनुका साथै नेपालमा जेष्ठ २१ बाट देशै भरी प्रदर्शन भएको छ, भने जुम्लामा पनि उक्त चलचित्र हरेक शनिबार संचालन हुदै आएको छ ।         

यस बिषयमा तपाइको प्रतिक्रिया...!