एकै दिनमा २६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन

Posted on: 25 Jul, 2016

साउन १०, बझाङ | जिल्ला वन कार्यलय बझाङले एकै दिनमा झण्डै २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

गएको शुक्रबार जिल्ला वन कार्यालय बझाङले १ सय ५ कीलो ६ सय ग्राम यार्सागुम्बा बाट २६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला वन कार्यलयका नायव सुव्बा गजाधर जोशीले बताउनु भयो । आर्थिक वर्ष २०७२/७३ मा जम्मा ३ सय २४ किलो यार्सागुम्बा बाट ३७ लाख ९० हजार रुपैयाँ राजस्व जम्मा गरेको जिल्ला वन कार्यलयले यो वर्ष भने गएको वर्षको भन्दा बढी राजस्व संकलन गर्ने अनुमान कार्यालयले गरेको छ । नेपाल सरकारले २०७२ साल कार्तिक १७ गते राजपत्रमा प्रकाशित गरेको सुचनाका आधारमा यार्सागुम्बाको राजस्व  प्रती केजी १० हजार बाट २५ हजार रुपैयाँ बढाएको थियो । 

यो निर्णय पछि यार्सागुम्बा कम निर्यात हुने तर राजस्व भने गएको वर्षहरुमा भन्दा बढी उठ्ने अनुमान गरिएको जिल्ला वन कार्यलयका अधिकृत कर्ण बहादुर खातीले बताउनुभयो ।  आर्थिक वर्ष २०७१/७२ मा जम्मा ४ सय २३ किलो यार्सागुम्बा बाट ४२ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा हाल सम्म १ सय ३५ किलो १ सय ग्राम यार्सागुम्बा बाट ३३ लाख ७७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको नायव सुव्बा गजाधर जोशीले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!