शुक्रबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

Posted on: 28 Jul, 2016

साउन १३, काठमाडौँ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा यही साउन १४ गते शुक्रबार परेकाले काठमाडौँ उपत्यकाभित्र सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले बिहीबार सूचना निकालेर शुक्रबार काठमाडौंमा सार्बजनिक विदा दिइएको जानकारी दिएको छ ।

ललितपुरको जावलाखेल चोकमा हुने रातो मच्छिन्द्रनाथको जात्रा नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने जात्रा हो । 

भोटो देखाउने अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट अतिथिहरुको समेत सहभागीता हुने परम्परा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!