तपाई नेपाल टेलिकमको सीम चलाउनुहुन्छ ? त्यसोभए यो पढ्नुस !

Posted on: 30 Aug, 2016

भदौ १४, काठमाडौँ । बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ । 

यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । जसअनुसार एकसय एमबी डाटाको तीन दिने अवधिका लागि ४५ रुपैयाँ र २२५ एमबिको ७ दिने अवधिको ९० रुपैयाँ तोकिएको छ । 

उक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश नगरिएको र भदौ १६ देखि तीन महिनासम्म यो योजना लागू हुनेछ । 

उपभोक्ताले १०० एमबी डाटा लिनका लागि SPECIAL100MB र २२५ एमबी डाटा लिनSPECIAL225MB लेखेर १४१५ मा एसएमएस पठाउनुपर्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!