नयाँ फोन आएपछि ह्वात्तै घट्यो iPhone 6s को मूल्य

Posted on: 15 Sep, 2016

 काठमाडौँ | नयाँ फोन iPhone 7 लन्च भएपछी अनलाइन सपिंग साइटहरुले iPhone 6S र Plus को मूल्यमा भारी छुट दिन थालेका छन् । अनलाइनमा नयाँ आइफोनको मूल्य ३५ हजारसम्मको छुट दिईएको छ । 

यसै बर्ष कम्पनीले ४ इन्चको डिस्प्ले भएको स्मार्टफोन iPhone SE को मूल्य पनि घटाएको थियो । बजारमा फोनको मूल्य उस्तै रहे पनि नयाँ आइफोन आएसँगै अनलाइन रिटेलर्समा कम मूल्यमा आइफोन बेच्न थालिएको छ ।

नेपालमा आइफोन ७ आइसकेको छैन । भारतमा अनलाइन मार्फत आइफोन 6S र plus किन्दा २२,००० भारतीय मूल्यसम्मको छुट पाउन सकिन्छ । मीडिया रिपोर्टको अनुसार केहि ई-कमर्स वेबसाइटहरुमा पछिल्लो केहि दिनदेखि iPhone 6S र 6S Plus कम मूल्यमा बेच्दैछन् । 

भारतमा यस अघि iPhone 6S Plus (128GB) 92,000 मा बेचिदै आएको थियो । तर यसको मूल्य एक्कासी २२००० आइसी घटेर ७०,००० मा झरेको छ । त्यस्तै iPhone 6S (128GB) 82,000 रुपयाँ पर्ने गरेकोमा अब यसको मूल्य 60,000 रुपयाँमै पाउन थालिएको छ ।

यसै अनुपातमा नेपालमा पनि बिभिन्न अनलाइन मार्फत फोन अर्डर गर्न सकिन्छ । अहिले ख्यातीप्राप्त इबे मार्फत आइफोन 6S (16GB) किन्दा 475$ देखि 600$ सम्म पाउन सकिन्छ । त्यस्तै अन्य अनलाईन वेबसाइट मार्फत पनि घटेको मूल्यमा आइफोन किन्न सकिन्छ 

नेपालमा नयाँ iPhone 7S यही अक्टोबरपछी आउंदैछ । नेपालीहरुले पनि अनलाइन मार्फत अनलाइन मार्फत मोबाइल किन्न सक्छन । अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै अनलाइन मार्फत मोबाइल किन्न सक्छन 

कति पर्छ नयाँ iPhone 7 को मूल्य ? 




यस बिषयमा तपाइको प्रतिक्रिया...!