वार्षिकोत्सवको अवसरमा वर्ल्डलिंकको २१ रुपैयाँमै इन्टरनेट अफर

Posted on: 19 Sep, 2016


असोज ३, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले २१औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ । 

कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ ।

ग्राहकले जडान गर्र्ने स्थानसम्म चाहिने फाइबर केबल, वाइफाइ राउटर र इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेटअप बक्स निःशुल्क पाउने कम्पनीले जानकारी दिएको छ । त्यस्तै १ वर्षको इन्टरनेट शुल्क तिर्ने ग्राहकले ३ महिनासम्म आइपी टिभी निःशुल्क हेर्न पाउने छन् । 

वाइफाई राउटर लिन चाहने ग्राहकले ३ हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ । इन्टरनेट सेवा छाड्दा उक्त धरौटी रकम फिर्ता पाइने कम्पनीले जनाएको छ ।  

वार्षिकोत्सवका अवसरमा कम्पनीले आइतबार जाउलाखेलमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यकारी निर्देशक जालानले जिल्ला प्रशासनमा आउने सेवाग्राहीले उक्त हटस्पटबाट निःशुल्क वाइफाई प्रयोग गर्न पाउने बताए । 

वर्ल्डलिंकले २१ वर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ भने नयाँ सेवाका रुपमा कम्पनीले गत सातादेखि आइपी टिभी सुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!