तेह्रथुममा ट्र्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु

Posted on: 11 Jul, 2018

असार २७, तेह्रथुम | लालीगुराँस नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ । 

को२त ४०५३ नंको ट्र्याक्टर लालीगुराँस नगरपालिकाको वन्तपुरस्थित प्रगति टोलमा दुर्घटना हुँदा ट्र्याक्टर चालक सूर्य लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

गम्भीर घाइते लिम्बूको प्राथमिक स्वास्थ्य केन्द्र वसन्तपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्लाबाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!