१५ दिनमा आगलागीबाट तेह्रथुममा १४ करोड ३७ लाख बढीको क्षति

Posted on: 31 Dec, 2016

अमृत बास्तोला/पुस १६, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा आगलागी भएको १५ दिन नपुग्दै फेरी आठराईमा अर्को आगलागी भएको छ । 

संक्रान्तिबजार देखि करिब १० किलोमिटर टाढा ईवा गाविसमा १५ गते बेलुका भएको आगलागीबाट एउटा घर खरानी भएको छ । शुक्रबार बेलुका भएको आगलागीबाट ईवा ९ स्थित गंगाप्रसाद उप्रेतीको घरमा १ वर्ष अघिदेखि  बन्दकी लगाई बस्दै आउनु भएका विष्णुप्रसाद उप्रेतीको घर सहित ग्वाली पूर्णरुपमा जलेर नष्ट भएको छ । 

भन्सा कोठामा रहेको चुलोदेखी सुरु भएको आगलागीबाट सुन, चाँदी, नगद, अन्न, लत्ताकपडा गरि १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ । आगो छातेढुङ्गा प्रहरी चौकी र स्थानीको प्रयास पछि नियन्त्रणमा आएको थियो ।

संक्रान्तिबजारमा स्थानिय अग्नि सेढाईको घरबाट पुस १ गते शुक्रबार भिषण आगलागी सुरु भयो ।  प्रहरीले गरेको मुचुल्का अनुसार संक्रान्तिबजारमा भएको आगलागीबाट १४ करोड ८ लाख रुपैयाँको क्षति भएको छ । आगलागीबाट संक्रान्तिबजाका २३ घर पुर्ण रुपमा जलेका थिए भने ५ घरमा आंशिक क्षति पुगेको थियो । 

अगो नियन्त्रणका लागि १ घर डोजरले भत्काउदाँ पुर्णरुपमा क्षति भएको छ । अन्य बजार लाग्ने ३ टहरामा पनि क्षति पुगेको छ । आगलागीबाट आप्mनै घरमा बसेका, पसल गरेका र भाडा लिएर पसल गरिरहेका गरी कुल ४३ परिवार प्रत्यक्ष विस्थापित भएका छन् । बाँकी परिवार एक्लै बसेका कर्मचारी, विद्यार्थी, डेरावाल र लजमा बसेका पाहुना समेत गरि १५ परिवार पनि प्रभावित भएका छन् । त्यस्तै घरभाडा लगाई अन्यत्र बसोबास गर्ने १० घरधनीहरुको घर पनि खरनी भएको छ, भने ५ परिवारमा आंशिक क्षति हुदाँ कुल ७३ परिवार प्रभावित भएका छन् । 

पुस १ गते शुक्रबार नै तेह्रथुमको मोरङ ८ मा पनि आगलागी भयो । आगलागीबाट दोर्णबहादुर भट्टराईको घर पूर्णरुपमा जलेर क्षति भएको छ । आँगनमा रहेको परालको कुनियुदेखि भएको आगलगी बाट ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । पुस ७ गते बिहीबार आठराईको ह्वाकू ५ मा पनि अर्को आगलाी भयो । आगलागीबाट रुपनारायण शिवाको घर जलेर नष्ट भएको छ । प्रहरीका अनुसार शिवाको घरमा आगलागी हुदाँ २ लाख ४ हजार बराबरको क्षति भयो ।

तेह्रथुममा १५ दिनको अवधिमा भएको छुट्टाछुटौ आगलागी घटना बाट कुल १४ करोड ३७ लाख ४ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख डिएसपी भागेन्द्र पुरुष ढकालले जनाकारी दिनु भयो । 

“क्षति पछिको परिणाम मात्र सम्झने र हुन सक्ने सम्भावित घटना बारे संजग नहुने परम्परा”को बानीका साथै मानिसहरुको आप्mनै लापरवाहीका कारणले यतिका धेरै क्षति भएको डिएसपी ढकालले बताउनु भएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!