मलामी खाजा घरका लागि निःशुल्क जग्गा दान

Posted on: 27 Oct, 2017

कात्तिक १०, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४, साविक इवा–६, कालिपामा मलामी खाजा घर निर्माणका लागि स्थानीय एक परिवारले निःशुल्क जग्गा प्रदान गरेका छन् । 

साविक इवा–६, कालिपा निवासी खगमाया गुरुङ तथा निजका छोराहरु डम्बरबहादुर, चन्द्रबहादुर र दिलबहादुर गुरुङले स्वर्गीय श्रीमान्÷बुवा पदमबहादुर गुरुङको स्मृतिमा डेढ लाख रुपैयाँ बराबरको करिब चार आना जग्गा प्रदान गरेका हुन् । 

स्थानीय ईङनाम बन्धुहरुको चियानडाँडा घाट नजिकै मलामी खाजा घर निर्माण भएपछि घाम पानीका बखत् सहज हुने भएको हो । 

तत्कालिन ईवा गाविसको आर्थिक सहयोग, स्थानीयबासीको श्रमदान तथा चन्दा संकलन गरेर ढुंगा, माटो र जस्तापाताको मलामी खाजा घर निर्माण गरिएको मलामी खाजा घर निर्माण समितिका अध्यक्ष भक्तबहादुर ईङनामले बताउनुभयो । 

मलामी खाजा घर निर्माण भएपछि सो घाटमा अन्तिम संस्कार गर्ने कालिपाका इङनाम बन्धुहरुलाई सुविधा भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!