तेह्रथुमको आठराई गाउँपालिकाको बजेट रु ३२ करोड

Posted on: 18 Nov, 2017

मङ्सिर २, आठराई (तेह्रथुम) | आठराई गाउँपालिकाको आव २०७४/७५ को नीति कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक भएको छ । 

आव २०७४÷७५ का लागि रु ३२ करोड १५ लाख ६१ हजार १३३ को बजेट सार्वजनिक गरिएको हो । बजेटको चालुतर्फ करिब रु १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब रु १४ करोड ४४ लाख विनियोजन भएको छ । चालु आवमा गाउँपालिकामा वित्तीय समानीकरणतर्फ करिब रु १६ करोड ९३ लाख, सशर्त अनुदानतर्फ करिब रु १४ करोड ४३ लाख र नेपाल सरकारबाट गत आवमा प्राप्त करिब रु ५९ लाख ८७ हजार विनियोजन गरिएको गाउँपालिकाका प्रमुख मानबहादुर लिम्बूले बताउनुभयो । 

सशर्ततर्फको रु १४ करोड ४३ लाख तीन हजार प्राप्त अख्तियारीका आधारमा कार्यक्रम सञ्चालन हुने बताइएको छ । गाउँपालिकाले आगामी आवमा आन्तरिक राजश्व रु १० लाख संकलन गर्ने लक्ष्य लिएको छ । गाउँसभाले आर्थिक, सामाजिक, पूर्वाधार विकास, वातावरण तथा विपत् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र वित्तीय व्यवस्थापनका कार्यक्रमलाई अघि बढाउने भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!