प्रधानमन्त्री दाहाल संक्रान्तिबजार आउंदै

Posted on: 02 Jan, 2017

अमृत बास्तोला/पुस १८, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागि क्षेत्रको निरिक्षण तथा अग्निपिडितलाई भेट्न आउने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री दाहाल आगलागीबाट भएको क्षतीको निरिक्षण र पिडितहरुलाई राहत प्याकेज घोषणाका लागि पुस १९ गते मंगलबार विहान ९ बजे आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र तेह्रथुमका जिल्ला अध्यक्ष दुर्गाप्रसाद चापागाई (सचिन)ले जानकारी दिनु भयो । 

गृह मन्त्रि बिमलेन्द्र निधि, स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगु, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, सभासद सीता गुरुङ, भवानी खापुङ, गणेश विमली र एमाले प्रमुख सचेतक भानुभक्त ढकाल लगायतले आगलागि क्षेत्रको स्थलगत निरिक्षण गरिसकेका छन् । 

सांसद सीता गुरुङले स्थलगत निरिक्षण पछि पिडितहरुलाई सम्बोधन गर्दै ४० बण्डेल जस्तापाता र संसदकोषबाट १५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नु भएको छ । मन्त्रि निधीले अग्निपिडितलाई विपत्तीबाट नआत्तिन आग्रह गर्नु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!