नेपाल महिला संघ आठराईको अध्यक्षमा भेटुवाल

Posted on: 25 Mar, 2017

प्रकाश धौलाकोटी/चैत १२, तेह्रथुम । तेह्रथुमको सक्रान्तिबजारमा शनिबार भएको नेपाली कांग्रेस निकट महिलाहरुको भेलाले शनिशा भेटुवालको अध्यक्षतामा १९ सदस्यीय नेपाल महिला संघ गठन गरेको छ । 

संघको उपाध्यक्षमा रिता कालिकोटे, सचिवमा विष्णुमाया आचार्य, सहसचिवमा मुना गुरुङ र कोषाध्यक्षमा कौशिला कन्दंङवा रहनुभएको छ । साविकका ह्वाकु, इवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, सक्रान्तिबजार र खाम्लालुङ गाविस आठराई गाउँपालिकामा गाभिएपछि महिलाहरुको भेलाले गाउँपालिका स्तरीय समिति गठन गरेका हुन् । 

स्थानीय तहको निर्वाचनमा वडा तहदेखि जिल्लासम्म महिलाहरुको सहभागिता सुनिश्चित गरिएको भन्दै महिलाहरुले खुसीसमेत व्यक्त गरेका छन् । कार्यक्रम नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष निर्मला ईङ्नामको आतिथ्यतामा भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!