वाईसीएल तेह्रथुमको अध्यक्षमा लामा

Posted on: 07 Apr, 2017


प्रकाश धौलाकोटी/चैत २५, तेह्रथुम । माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटीको दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा छिरिङ लामा सर्वसम्मत चयन भएका छन् । 

सदरमुकाम म्याङलुङ्गमा शुक्रबार सम्पन्न भएको सम्मेलनले चयन गरेको ५१ सदस्यीय समितिको उपाध्यक्षमा नेत्र सोदेम्बा, कुमार लिम्बु र सुमन हाङश्रोङ रहेका छन् । सम्मेलनबाट सचिवमा रामचन्द्र भट्टराई, सहसचिवमा विश्वास कुरुम्बाङ, विरेन्द्र पौडेल र लालबहादुर लिम्बु तथा कोषाध्यक्षमा विमला लिम्बु चयन भएका छन् । 


यस्तै सदस्यहरुमा पुष्प उप्रेती, यादब फोम्बो, डब्लु कन्दङवा, गोविन्द लिम्बु, शुशील कन्दङवा, इन्द्रकुमार कन्दङवा, नरेन्द्रकुमार फोम्बो, अम्बिकाप्रसाद डाँगी लगायत रहेका छन् । 

सम्मेलन सुरु हुनुअघि म्याङलुङ्ग बजारमा युवा मार्चपास सहित प्रदर्शन समेत गरेको वाईसीएल सम्मेलनलाई माओवादी केन्द्रका पोलिट व्युरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाई, वाईसीएल प्रदेश नं. १ संयोजक पुर्ण भुजेल, पार्टी जिल्ला संयोजक प्रकाश ईम्सङ, वाईसीएल प्रदेश नं. १ सचिव मिडमा डण्डु शेर्पा लगायतले सम्बोधन गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!