तेह्रथुममा नेकपा मालेको उम्मेदवारी घोषणा

Posted on: 13 Apr, 2017

चैत ३१, तेह्रथुम | नेपाल कम्प्युनिस्ट पार्टी मालेले तेह्रथुमका छवटै स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको छ । 

बुधबार पार्टीका जिल्ला सचिव यमनाथ दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका छवटै स्थानीय तहको निर्वाचनमा प्रमुख पदका उम्मेदवारको घोषणा गरेका हुन् । 

मालेले म्याङलुङ नगरपालिकाको मेयरमा डिल्ली बुढाथोकी र लालीगुराँस नगरपालिकाको मेयरमा छत्रबहादुर लिम्बूलाई उठाएको छ । 

यस्तै, मेन्छ्यायेम गाउँपालिका प्रमुखमा थानेश्वर घिमिरे, छथर गाउँपालिका प्रमुखमा माधव दाहाल, फेदाप गाउँपालिका प्रमुखमा भक्त रेग्मी र आठराइ गाउँपालिका प्रमुखमा कमल सिटौलाले उम्मेदवारी दिने विज्ञप्तिमा जनाइएको छ । 

मालेले छवटै स्थानीय तहका उपप्रमुख र वडाध्यक्षको समेत छिट्टै उम्मेदवारी घोषणा गर्ने भनेको छ । जिल्लामा अन्य ठूला दलले भने उम्मेदवारी घोषणा गरेका छैनन् । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!