फेदाप गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धन

Posted on: 19 Jun, 2017

असार ५, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकामा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेद्वारी दर्ता गराएका छन् ।  छन् । 

दुई दलले गठबन्धन गर्दै फेदाप गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका केशव प्रसाद भेटुवाल र माओवादी केन्द्रबाट शिव कुरुम्बाङले उम्मेदवारी दर्ता गराएका हुन् । 

यसअघि आठराई गाउँपालिकामा पनि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । यसअघि आठराईमा पनि कांग्रेसका नारायण कुमार ईङनाम अध्यक्ष र माओवादी केन्द्रकी रमिला खनाल उपाध्यक्ष पदमा उम्मेदवार बनाएर कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । जिल्लाका अन्य स्थानीय तहमा भने दुवै पार्टीले एकल उम्मेदवारी दर्ता गराएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!