प्रशासन कार्यालयमा ९ महिनापछि राष्ट्रिय झन्डा

Posted on: 15 Feb, 2017


अमृत बास्तोला/फागुन ४, तेह्रथुम । ईलाका प्रशासन कार्यालय संक्रान्तिबजार स्थापना भएको ९ महिना पछि मात्र कार्यालयमा राष्ट्रिय झन्डा बुधबार राखिएको छ । 

धार्मिक परम्परा अनुसार प्रशासन प्राङगणमा “झन्डो तोलन” सम्बन्धि पूजा पाठ पश्चात प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेले राष्ट्रिय भन्डा तोलन गर्नु भएको छ । ईलाका प्रशासन कार्यालय स्थापना संगै झन्डा राख्नु पर्ने भएपनि, झन्डा राख्ने पूर्वाधार र सामग्रीको अभावले अहिले मात्र झन्डा राखिएको ईलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुख सफल र्पोतेलले बताउनु भयो ।

संक्रान्तिबजारमा गएको जेठ ३ गते कार्यालय स्थापना भई सेवा सुरु गरेको थियो । कार्यालयबाट आठराई क्षेत्रका ह्वाकू, ईवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ, संक्रान्तिबजार, खाम्लालुङ, सम्दु र ईसिबु गाविसबासीले नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, राहदानी सिफारिस, जाति तथा नाताप्रमाणित सम्बन्धि सिफारिस लगायतका प्रशासनिक सेवा पाउदै आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!