विपत् व्यवस्थापनका लागि खोज तथा उद्धार सामाग्री प्रदान

Posted on: 22 Mar, 2017

प्रकाश धौलाकोटी/चैत ९, तेह्रथुम । नेपाल रेडक्रस सोसाईटी तेह्रथुमले विपत ब्यवस्थापनका लागि जिल्लाका गाउँ गाउँमा खोज तथा उद्धार सामाग्री प्रदान गरेको छ । 

रेडक्रसले जिल्लामा आई पर्ने विपद व्यवस्थापनको पूर्व तयारीको लागि जिल्ला दैविप्रकोप उद्धार समितिको संयोजनमा सामाग्री पदान गरेको हो । गाउँमा रहेका सुरक्षा निकायलाई झम्पल, गैती, बेल्चा, स्ट्रेचर, हेल्मेट, डोरी, पाल्टीन, जग लगायतका विभिन्न सामाग्री प्रदान गरीएको रेडक्रसले जनाएको छ । 

रेडक्रसले जिल्ला प्रहरी कार्यालय तेह्रथुम, प्रहरी चौकी शुक्रबारे, बसन्तपुर, आठराई, लसुने, सम्दु, छातेढुङ्गा, मोराहाङ्ग र पोक्लावाङ्गमा रहेका प्रहरी चौकीमा विभिन्न सामाग्री तयारी अवस्थामा राखेको छ । 

रेडक्रसले ईन्द्रदल गुल्म म्याङलुङ र शशस्त्र प्रहरी गुल्म जिरिखिम्ती तथा आठराईमा पनि खोज तथा उद्धार सामाग्री प्रदान गरेको रेडक्रसका कार्यक्रम अधिकृत पुर्णचन्द्र श्रेष्ठले बताउनुभयो । रेडक्रसले विपदको अवस्था र शुरक्षा निकायको जनशक्तिको आधारमा ५ देखि २० सेट सम्म यस्ता सामाग्री प्रदान गरेको जनाएको छ  ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!