तेर्हथुममा रुखले किचेर एकको मृत्यू, एक गम्भिर घाइते

Posted on: 22 Apr, 2017

अमृत बास्तोला | बैशाख ९, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिपकामा रूखले किचेर शुक्रबार अपराहन्न एक जनाको मृत्यु भएको छ । 

आठराई गाउँपालिका २ साविक खाम्लालुङ ९ दोरपमा गोलियाका लागि उतिसको रूख ढाल्ने क्रममा  ईलाम घर भई संक्रान्तिबजारमा ३ वर्ष देखि बस्दै आएका ३५ वर्षिय अमिर लिम्बूको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिनु भयो । रूखले नै किचेर आठराई गाउँपालिका १ साविक संक्रान्तिबजार ९ पुराना गाउँका लक्ष्मी लिम्बू  गम्भीर घाइते भएका छन् । 

घाइते लिम्बूको संक्रान्तिबजार स्थित प्राथमिक स्वास्थ केन्द्रमा उपचार सम्भव नभए पछि सुबिधा सम्पन्न ठाउँमा उपचारका लागि पठाईएको स्वास्थ्य केन्द्रले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!