महिला हिंसा अन्त्यका लागि अपिल

Posted on: 27 Apr, 2017

अमृत बास्तोला/बैशाख १४, तेह्रथुम । तेह्रथुमको आठराई क्षेत्रमा महिला हिंसाका घटनाहरु बढ्दै गएको भन्दै क्षेत्रिय महिला अधिकार मंच, आठराईले ध्यानकर्षण सहितको अपिल सार्वजानिक गरेको छ ।

बढ्दै गएको महिला हिंसा अन्त्य गरी महिलाहरुको सम्मान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न संक्रान्तिबजारमा महिला हिंसा विरुद्धको कार्यक्रम मार्पmत अपिल सार्वजानिक गरिएको क्षेत्रीय महिला अधिकार मंचका अध्यक्ष देवि माया भुजेलले जनाकारी दिनु भयोे ।

गत चैत्र १६ गते संक्रान्तिबजार ३ मा सरिता तामाङको मृत्यूको घटना आत्महत्या नभई हत्या भएको मृतकको आफन्त र छिमेकीहरुबाट आशंका र प्रकृति देखिएकोले अभियुक्तलाई यथाशिघ्र छानबिन गरी पीडितलाई न्याय र अपराधिलाई कानुनी कठघरामा ल्याउन समेत सरोकारवाला समक्ष महिला अधिकार मंचले अपिल गरेको छ । 

पीडित पक्ष प्रति कानुनी राज्य हराएको उल्लेख गर्दै महिलाहरु हिंसाको घटनाबाट त्रसित रहेकाले प्रत्येक व्याक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने सवैधानिक हकको सुनिश्चित गर्न राजनितिक दल, प्रहरी प्रशासन, नागरीक समाज, संचारकर्मी तथा मानव अधिकारकर्मी, स्थनीय समुदाय र आम सरोकारवालाहरुलाई महिला अधिकार मंचलले अपिल मार्फत आग्रह गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!