तेह्रथुमको छातेढुंगा पुर्ण खोप सुनिश्चित गाउँ घोषणा

Posted on: 11 Jun, 2017

जेठ २८, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिका वडा नं. ५, छातेढुंगालाई पुर्ण खोप सुनिश्चित गाउँ भएको छ । चालु आर्थिक वर्षमा गाउँमा रहेका ४६ जना बालबालिकालाई सबै प्रकारका खोपहरुको मात्रा पुरा गरी पुर्ण खोप सुनिश्चित गरिएको हो । 

छातेढुंगा स्वास्थ्य चौकीले गाउँका सबै बालबालिकालाई खोपका मात्राहरु पुरा गरी पुर्ण खोप सुनिश्चित गरेको हो । यससँग छातेढुंगा पुर्ण खोप सुनिश्चित गाउँ घोषणा गर्ने आठराई गाउँपालिकाकै पहिलो बनेको छ । गाउँका ९ जना दलित, २५ जना आदिवासी जनजाति र १२ जना अन्य समुदायका बालबालिकाहरुलाई सबै प्रकारका खोप प्रदान गरी पुर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य चौकी प्रमुख उज्वल ठाकुरले जानकारी दिनुभयो । 

पुर्ण सुनिश्चित घोषणा कार्यक्रम गाउँस्तरीय खोप समन्वय समितिका अध्यक्ष केशरमान कन्दङवाको अध्यक्षतामा भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!