तेह्रथुममा खाटबाट लडेर एक युवकको मृत्यु

Posted on: 02 Oct, 2018

असोज १६, तेह्रथुम | तेह्रथुमको लालीगुराँस नगरपालिका-८ सोल्मामा एक युवाको सुतिरहेको खाटबाट लडेर मृत्यु भएको छ। खाटमा सुतिरहेको अवस्थामा लडेर ३२ वर्षीय दिलीप लिम्बूको मृत्यु भएको तेह्रथुमका प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

गाउँघरमा धामी झांक्री काम गर्दै आएका लिम्बू घरमा एक्लै बस्दै आएका थिए। प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!