तेह्रथुममा सिंचाई गर्न बनाइएको प्लाष्टिको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

Posted on: 13 Dec, 2020

मंसिर २८,  तेह्रथुम | तेह्रथुममा सिँचाई गर्न बनाइएको प्लास्टिकको कृत्रिम पोखरीमा डुबेर तीन जना बालिकाहरुको मृत्यु भएको छ | छथर गाउँपालिका वडा नम्बर ६ सुदाप च्याङलुङ गाउँमा स्थानियबासीले तरकारीमा सिँचाई गर्न प्लाष्टिक लगाएर बनाएको पोखरीमा जमेको पानीमा डुबेर शनिबार साँझ ६,७ र ८ बर्षका तीन जना बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेहरुमा ६ वर्षिया रोजिना लिम्बु, ७ वर्षिया रञ्जना लिम्बु  र  ८ वर्षीया सुहाना लिम्बू छन्।  रञ्जना र रोजिना दिदी बहिनी हुन्।  दिउँसो घरबाट खेल्न निस्कएका बालबालिकाहरु घर नआएपछि खोजी गर्ने क्रममा तीनै जनाको शव प्लाष्टिकको पोखरीमा फेला परेको वडा अध्यक्ष टेकराज लिम्बुले बताए |

तरकारीमा सिँचाई गर्न बनाइएको प्लाष्टिकको पोखरीमा करिब ६ फिट गहिरो पानी थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!