विवाहपछि श्रीमानसँग गरिने सेक्स आनन्ददायी बनाउन के गर्नुपर्ला ?

Posted on: 20 Oct, 2016

म २२ वर्षीया युवती हुँ । मैले अहिलेसम्म यौन सम्पर्क राखेको छैन । मेरा अधिकांश साथीहरूले यौन सम्पर्क राखिसकेका छन् । कतिपयले विवाहअघि र कतिपयले विवाहपछि यौन सम्पर्क राखेको गफका क्रममा बताउँछन् । उनीहरूको पहिलो सेक्सको अनुभव फरक–फरक खालको छ ।

मलाई पहिलोपटक सेक्स गर्दा धेरै नै दुख्छ कि भनेर डर लागिरहेको छ । मलाई मेरो योनी पनि निकै सानो र साँघुरो छ जस्तो लाग्छ । विवाहपछि श्रीमान्सँग गरिने सेक्स आनन्ददायी बनाउन के गर्नुपर्ला ? -के

सेक्सको अनुभव लिइसकेकाले सुनाउने अनुभव विभिन्न खालका हुन्छन् । कतिपयले यस्ता अनुभव सुनाउँदा बढी नै गफ पनि दिने गर्छन् । तपाईंका साथीहरूले पहिलो सेक्स अनुभव सुनाउँदा कतिले साह्रै आनन्द आयो भने होलान् भने कतिपयले सेक्स गर्दा दुख्दो रहेछ भनेर डर देखाउने गरी कुरा गरेको हुनसक्छ । 

सेक्स अनुभव सबैको एकै खालको र एउटाको अनुभव अर्कोसँग दुरुस्त मिल्ने खालको हुँदैन । सर्वप्रथम तपाईंले मनमा सेक्स गर्दा दुख्छ कि भनेर पाल्नुभएको डरलाई आजैबाट बाहिर निकाल्नुस् । 

सेक्स पार्टनरको बीचमा पूर्ण समझदारीमा गरिएको सेक्सको अनुभव सबैको सुखद नै हुन्छ । सकारात्मक सोचका साथ सेक्सका लागि तयार हुने हो भने यसबाट अभूतपूर्व आनन्द प्राप्त हुन्छ । तपाईंले आफ्नो यौनांगको साइजलाई लिएर बनाउनुभएको धारणा पनि भ्रमबाहेक केही होइन । 

तपाईंले बाहिरबाट हेरेर आफ्नो योनीको साइज सानो छ कि ठूलो वा साँघुरो छ भन्ने थाहा पाउनुहुँदैन । योनी तन्किने तन्तुहरूले बनेको अंग भएका कारण यसमा लिंग प्रवेश गराउँदा टमक्क नै हुने गर्छ । त्यसैले योनीको साइज ठूलो या सानोको भ्रमबाट आजैदेखि मुक्त हुँदा नै राम्रो हुन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एड्जस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ ।

किशोर–किशोरीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद र आशंकापूर्ण दुवै हुन्छ । यसबारे वयस्क स्त्री–पुरुषका साथीसंगीसँग पहिल्यैदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ । जस्तो, तपाईंको पनि साथीहरूसँग भइरहेको छ । साथीहरूले भनेकै आधारमा धारणा बनाएर सुरु नै नभएको यौन जीवनलाई जोखिममा धकेल्ने काम गर्नु हुँदैन । स्रोत: शुक्रबार साप्ताहिक

यस बिषयमा तपाइको प्रतिक्रिया...!