सम्बन्ध टुट्न लागेको थाहा पाउने ५ कुराहरु

Posted on: 23 Dec, 2016

काठमाडौँ | सम्बन्धमा खटपट संबैको हुने गर्दछ हुन्छ भने कहिलेकाँहीको खटपटले मानिसको सम्बन्ध नजिक बनाउँदछ तर दैनिक रुपमा हुने झगडाले गर्दा सम्बन्धको अन्त्य नै गर्न सक्छ । त्यसैले तपाईंहरुको सम्बन्ध कतातिर गइरहेको छ भन्ने कुरा थाहा हुदैन । त्यसकारण आफ्नो सम्बन्धको बारेमा थाहा पाउने विभिन्न तरिकाहरु छन ।

- अपरिचित बन्नुः बिस्तारै सम्बन्धमा यति चिसोपन आउँछ कि बिस्तारै तपाईं आफ्नो पार्टनरसँग आफ्ना कुराहरु लुकाउनुहुनेछ र अपरिचितजस्तो व्यवहार गर्नुहुनेछ । पार्टनरलाई आफ्नो सबै कुरा नभन्नु र पार्टनरसँग उनको सम्बन्ध भएको मात्र कुरा गर्नुहुन्छ भने सम्झनुहोस् तपाईंहरु अब अपरिचित बनिसक्नुभएको छ र सम्बन्ध चाँडै नै छुट्ने प्रक्रियामा छ ।

- थोरै कुराकानी हुनुः जब तपाईंलाई तपाईंको पार्टनरले अफिसबाट फोन गर्न बन्द गर्छ अथवा घर आइसकेपछि पनि तपाईंको प्रश्नको उत्तर मात्र दिन्छ भने सम्झनुहोस् तपाईंको सम्बन्ध टुट्ने क्रममा छ ।

- उनीप्रति रुची हराउनुः यदि तपाईं आफ्नो पछिल्लो फोटो आफ्नो पार्टनरलाई पठाउनु हुन्न र आफ्नो पार्टनरसँग कुरा गर्न मन लाग्दैन भने यसको बारेमा तपाईंले सोच्न जरुरी देखिन्छ ।

- तपाईंको लागि समयको कमी हुनु: यदि तपाईंको पार्टनरले तपाईंले धेरै पटक फोन गरिसकेपछि मात्र फोन उठाउने गर्दछ र मेसेजको रिप्लाई पनि ढिलो गर्दछ अथवा केहि बहाना बनाउने गरेको छ भने यसको अर्थ तपाईंको सम्बन्ध अब धेरै दिन छैन भन्नु हो ।

- शंका गर्नु: वास्तविक सम्बन्ध त्यतिबेला सुरु हुन्छ तब त्यसमा कुनै शंका हुँदैन । यदि सम्बन्ध टुट्दै छ भने यसमा शंका पैदा हुने गर्दछ । जब पार्टनर नजिक हुँदैन तब असुरक्षाको भावना पैदा हुने गर्दछ ।- एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!