कस्ता केटाहरुलाइ मनपराउँछन केटीहरुले ?

Posted on: 23 Dec, 2016

एजेन्सी ।  केटाहरुले केटीको नजरमा पर्न धेरै कुरामा ध्यान दिने गर्छन् । केटीहरु पनि कम त कहाँ छन् र आफुले खोजेको रोजेको केटा होस् भन्ने सोचिरहेका हुन्छन । अब यहाँ हेरौ कस्ता खालका केटाहरु मनपराउँछन त केटीहरु

- आत्मविश्वासी

आफुप्रति पूर्णरुपमा विश्वासी रहेको युवकले युवतीहरुको ध्यान खिच्न सफल हुन्छ । सार्वजनिक रुपमा सकारात्मक हुने र शक्ति तथा नियन्त्रणको क्षमता प्रदर्शन गर्न सक्ने युवकप्रति युवतीहरु विशेष रुपमा लालायित हुन्छन् ।

- बुद्धिमान

युवकले कुराकानीमै चाखलाग्दो तथा बौद्धिक रुपमै उत्प्रेरणादायी कुरा गरोस् र युवतीले जनाउने प्रतिक्रिया ध्यान दिएर सुनोस् । सेन्स अफ ह्युमर होस् र बेलाबेलामा हँसाउन सक्ने होस् ।

- कलात्मक

यसको अर्थ युवतीले मन पराउनका लागि युवक कुनै कलाकारै हुनुपर्छ भन्ने छैन । तर चञ्चल स्वभावको तथा हरेक कुरालाई सहज लिएर हँसीमजाकमा क्षण कटाउने युवकलाई युवतीहरुले मन पराउँछन् । आफ्नो सिर्जनशीलताले अरुलाई मख्ख पार्नसक्ने हुनुपर्दछ ।

- स्वतन्त्रताप्रेमी

साना कुरामा मतलब नगर्ने, मूडी प्रकृतिको तथा स्वतन्त्र हिसाबले अघि बढ्ने र साहसिक काममा हात हाल्ने युवकहरुले युवतीहरुको मन जित्न सक्छन् ।

- सहयोगी तथा संवेदनायुक्त

अर्काको भावनाको कदर गर्ने, कामलाई सानो नभन्ने, हरेक कुरामा सहयोग गर्ने युवकले युवतीको मन जित्न सक्छ । आफ्ना हरेक समस्या तथा विषयहरुमा कसैले ध्यान दिओस् र सहयोग गरोस् भन्ने चाहना आम युवतीहरुको हुन्छ र सोही आवश्यकतालाई सम्बोधन गर्नसक्ने पुरुषहरु भाग्यमानी बन्दछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!